Wednesday, October 19, 2011

भाबना ।

छोडी गयौ एक्लै पारि हास्न पनि सकेन मन 
पराईको खुशी संगै नाच्न पनि सकेन मन  । 
बगी गए आशु सबै तिम्रो याद मा सम्झी रुदा 
हर्ष लाई भन्दै आशु साच्न पनि सकेन मन । 





आसुँको पोखरीमा डुब्दै गलेर बाचेकोछु 
आगोको राप झैँ जिउदै बलेर बाचेकोछु  । 


जिबन हो यात्रा भन्छन त्यसैले हिडी रहेछु 
पाएका ती चोटहरु सिउदै चलेर बाचेकोछु  । 


खुशी केहो थाहा छैन दु;खै दुखमा जिएकोछु 
हासो केहो सपना छातीमा टालेर बाचेकोछु  । 


खालि थियो मनको पाना तिम्रो यादमा रङाउँदै छु 
आफ्नै  मुटु भित्र आँफै आगो बालेर बाँचेको छु  । 





मोरंग नेपाल ।