मुटुभरी सँगालेर यो मायाँको धुन जती
रुनु मात्रै परेपनी मै रुनेछु रुने जती
घृणा अनी तिरस्कार सबै सबै सहन्छु म
आँशु चिन्ता मेरो भाग तिमीलाई गुन जती
म हुनेछु रुखो बारी तिमी हुनु गैरी खेत
हुन्न भन्दा हुनै पर्ने छरेपछी नुन जती
बैरागी त बैराग्यमा बैरागीँदै उराठ छ
तिमीलाई लाको होला पिरतीको धुन जती
कर्मै मेरो जोगी बन्ने माग्दै हिन्छु पुष मास
आफु नाङ्गै भएपनी तिमीलाई ऊन जती ।
No comments:
Post a Comment