Wednesday, May 11, 2011

गजल

चारैतिर भैँतारीँदै खोज्ने ठाउँ चारी सकेँ
किनजित्थेँ तिम्रोसामु हार्नपर्ने हारी सकेँ

बररर  बर्षिएर  झरी  दिन्थे  मेरा  आँशु
सक्किएछ अबसबै झर्नेजती झारी सकेँ

मानेको त छैन अझै पापी मन बार हाल्न
तिम्रो लागी नबारेको दिल मैले बारी सकेँ

नचाहेरै भएपनी भुल्न दिल  नमान्दा  नी
धेरैचोटी सोची सोची मन मैले खारी सकेँ

पैले तिमी रूँदाखेरी दुख्ने गर्थ्यो मेरो आत्म
आज भोली रिस उठ्छ मैले मन मारी सकेँ  ।

No comments:

Post a Comment