Wednesday, May 11, 2011

'गजल'

जोडेको त्यो नाता तोडेर गयौ
पराई  को घुम्टो ओडेर  गयौ

थुनेको नै थिएँ  दिलमा  राखी
लाएको त्यो चाबी फोडेर गयौ

तिमीनै हौ मेरो भनेकी थियौ
अहिले त मुन्टो मोडेर   गयौ

उजाड  नै  भयो  झुपडी  मेरो
पराई    को  बारी गोडेर गयौ

छिनेको छ मुटु छुटायौ यता
टुटायौ र  उता  जोडेर  गयौ ।

No comments:

Post a Comment