Saturday, February 26, 2011

" सुन्दर नेपाल "





टललल हिमचुली पहराको देश मेरो
झललल झर्ना झर्ने छहराको देश मेरो

ऐसेलु र काफलका तेसैमाथी गुराँसका
बेली अनी चमेलिका लहराको देश मेरो

फुल फुल्छ हरियाली मगमग बास्ना दिने
बर्ष भरी सदा सदा - बाहारको देश मेरो

मेची देखी महाकाली अँग अँग प्यारो लाग्छ
तीन भाग मिली चल्ने साहाराको देश मेरो

सेतो शिर हिमाल हो पहराको देश मेरो
तराई मा पुग्न बग्ने छहराको देश मेरो



 

No comments:

Post a Comment