Sunday, February 6, 2011

सिक्ने चाहना मेरो ।

मेरो कथा बुझ्नलाई दशी खोज्नु साहित्यमा,
साहित्यनै जान्न चाहे पसी खोज्नु साहित्यमा ।

केही गर्ने जान्ने बुझ्ने उत्सुकता राख्ने भए,
ध्यानमग्न भई आँफै बसी खोज्नु साहित्यमा ।

थाहा छैन आँफै लाई कहाँ पुगी भेट हुने,
न भेटिने यात्रा हो यो फसी खोज्नु साहित्यमा ।

चाहना र भाबनामा सिर्जनाका पात्र बन्न,
लेख्दा लेख्दा नसकिने मसी खोज्नु साहित्यमा ।

सबैलाई फुलमाला जस्तै गरी उन्ने भए,
बुज्नै गार्ह्रो जिन्जालको रसी खोज्नु साहित्यमा ।

No comments:

Post a Comment