Saturday, February 19, 2011

गजल

न हेरेनी हेरुँ  हेरुँ लाग्ने तिम्रो नयन छ

गाजलु ति आँखालाई कती धेरै चयन छ

यती राम्रो फुल पनि छोडि गयो ईस्वरले
लान मन लाग्दा पनि एक्लै गयो लएन छ

भुल्ने बानी थिएन रे भन्ने गर्थे सबै जना
जाने बेला हतारमा भेट पनि भएन छ

धेरै बाटो काटे पछी सम्झिएर के गर्नु र
भेट्न मन हुँदा पनि फर्किएर गएन छ

राम्री पनि धेरै राम्री चर्चा पनि तिम्रै मात्रै
धर्तीको त के कुरा भो स्वर्गमनी बयान छ

No comments:

Post a Comment