Tuesday, February 22, 2011

गजल

खाली उनकै कुराहरु सुनाउने सुन्ने धेरै
तेसैमाथी भित्र भित्रै जाल पनि बुन्ने धेरै

छुपाउन खोज्ने सबै आफ्ना गल्ती जाली कुरा
आफ्नो छोडि अरुको नै कुराहरु गुन्ने धेरै

कुरा चल्छ चल्दा चल्दै साँचो बोल्न परेपछी
सबै कुरा खोल्न भन्दा आफ्नै मुख थुन्ने धरै

पानी माथि ओभानु त हुन खोज्ने सबै सबै
आफ्नो छोडि अरुका ति कुराहरु उन्ने धेरै । 

No comments:

Post a Comment