Thursday, April 28, 2011

'गजल'

पानी लिन पँधेरीमा धाउ भन्दिन 

मेला पात टाढा पर्दा आउ भन्दिन 


रुन दिन्न थोपा  थोपा आँसु झारेर

बियोगका भाकाहरु  गाउ  भन्दिन
 

मेरो  घर  झुपडी  हो  हैन  महल


तर  पनी  टपरीमा  खाउ भन्दिन 



राम्रै  सँग खान  दिन्छु उस्तै पहीरन्


आजको दिन यो पुरानो लाउ भन्दिन



धोका हुन्न म बाट त बाचा भयो यो


सयौँ जुनी सँगै बस जाउ भन्दिन ।।

No comments:

Post a Comment