Wednesday, April 6, 2011

' गजल '

आँशु सबै झरेर ताल हुन्छ सपनीमा 
शास छँदै मरेको चाल हुन्छ सपनीमा ।  

सकिएन चिन्नलाई को आफ्नो को बिरानो 
हिँड्ने बाटो जता सुकै जाल हुन्छ सपनीमा ।

मुटुमेरो छेड्दा खेरी बचनको तिर हानी 
सधैँ मेरो बेहोसी को हाल हुन्छ सपनीमा ।    

आफु हुन्छु जिबन र मरणको दोसाँधमा 
वरिपरी कुन्नी के को खाल हुन्छ सपनीमा ।  

आफु सँग भाको जती फालिहाल्छु छैन भनी 
अरु सँग बत्तिसको माल हुन्छ सपनीमा ।

बिपनीमा टपरिमा ढिँढो मैले खाएपनी 
खिरले नै भरएको थाल हुन्छ सपनीमा ।
 

No comments:

Post a Comment