तिमी बिनाको यो जिबन उजाड लाग्छ
तिमी बिनाको यो सुबास नमिठो लाग्छ
अनी तिमी बिना मेरो जिबन अधुरो अपुरो लाग्छ
अनी एक्लै एक्लै एकान्तमा रुन मन लाग्छ
तिमी नै हौ मेरो दिलको राजा ....
मिठो सपना सजाएकी छु परेलीको माँझ .।
किन आज मेरो सानो मुटुलाई ठुलो पहाडले थिचेको अनुभब हुदैछ ।
श्वास फेर्न पनी गाह्रो भैरहेको छ घात अघातको बिच उपेक्षीत कसैका आँखालाई जिबन आधार बनाएर कल्पनाको सुन्दर फूलबारीमा रोमान्चकारी पाराले हिड्ने मेरो सपना आज मनचित भइदियो । त्यसैले कता कता म तडपिने गर्छु । बेदनाका नुनिला आँशुहरु भावनाका आसिमीत लहर झैँ बगी रहन्छन् ।तर म भने झन झन तड्पिने गर्छु ।
मेरा गजलहरु हेरीदिनु भएकोमा यहाँलाई धन्यबाद । बिस्तारै बिस्तारै लेख्दै जानेछु हेर्दै जानुहोला ।
Tuesday, May 17, 2011
कबिता
रित्तो छु म छैन बाकी कुनै चाहना
सुन्य छ मन बिलाई सके जिउने बहना
बाध्यताले जसो भन्यो उसै गरी बाँचे
सपनी मा देखे उसलाई रुदा रुदौ हाँसे
फुल आज काहाँ फुल्यो उमङ्गको हुल
नफक्रिँदै ओइलिएछ चाहना को फुल
ओठको यो मुस्कानपनि झर्यो आँशु सरी
बिश्वासको चरी उड्यो मनको पाखा भरी ।।।
कबिता श्रेठ
मोरङ नेपाल ।
सुन्य छ मन बिलाई सके जिउने बहना
बाध्यताले जसो भन्यो उसै गरी बाँचे
सपनी मा देखे उसलाई रुदा रुदौ हाँसे
फुल आज काहाँ फुल्यो उमङ्गको हुल
नफक्रिँदै ओइलिएछ चाहना को फुल
ओठको यो मुस्कानपनि झर्यो आँशु सरी
बिश्वासको चरी उड्यो मनको पाखा भरी ।।।
कबिता श्रेठ
मोरङ नेपाल ।
Wednesday, May 11, 2011
'गजल'
जोडेको त्यो नाता तोडेर गयौ
पराई को घुम्टो ओडेर गयौ
थुनेको नै थिएँ दिलमा राखी
लाएको त्यो चाबी फोडेर गयौ
तिमीनै हौ मेरो भनेकी थियौ
अहिले त मुन्टो मोडेर गयौ
उजाड नै भयो झुपडी मेरो
पराई को बारी गोडेर गयौ
छिनेको छ मुटु छुटायौ यता
टुटायौ र उता जोडेर गयौ ।
गजल
चारैतिर भैँतारीँदै खोज्ने ठाउँ चारी सकेँ
किनजित्थेँ तिम्रोसामु हार्नपर्ने हारी सकेँ
बररर बर्षिएर झरी दिन्थे मेरा आँशु
सक्किएछ अबसबै झर्नेजती झारी सकेँ
मानेको त छैन अझै पापी मन बार हाल्न
तिम्रो लागी नबारेको दिल मैले बारी सकेँ
नचाहेरै भएपनी भुल्न दिल नमान्दा नी
धेरैचोटी सोची सोची मन मैले खारी सकेँ
पैले तिमी रूँदाखेरी दुख्ने गर्थ्यो मेरो आत्म
आज भोली रिस उठ्छ मैले मन मारी सकेँ ।
'गजल'
मुटुभरी सँगालेर यो मायाँको धुन जती
रुनु मात्रै परेपनी मै रुनेछु रुने जती
घृणा अनी तिरस्कार सबै सबै सहन्छु म
आँशु चिन्ता मेरो भाग तिमीलाई गुन जती
म हुनेछु रुखो बारी तिमी हुनु गैरी खेत
हुन्न भन्दा हुनै पर्ने छरेपछी नुन जती
बैरागी त बैराग्यमा बैरागीँदै उराठ छ
तिमीलाई लाको होला पिरतीको धुन जती
कर्मै मेरो जोगी बन्ने माग्दै हिन्छु पुष मास
आफु नाङ्गै भएपनी तिमीलाई ऊन जती ।
रुनु मात्रै परेपनी मै रुनेछु रुने जती
घृणा अनी तिरस्कार सबै सबै सहन्छु म
आँशु चिन्ता मेरो भाग तिमीलाई गुन जती
म हुनेछु रुखो बारी तिमी हुनु गैरी खेत
हुन्न भन्दा हुनै पर्ने छरेपछी नुन जती
बैरागी त बैराग्यमा बैरागीँदै उराठ छ
तिमीलाई लाको होला पिरतीको धुन जती
कर्मै मेरो जोगी बन्ने माग्दै हिन्छु पुष मास
आफु नाङ्गै भएपनी तिमीलाई ऊन जती ।
Subscribe to:
Posts (Atom)