मेरा गजलहरु हेरीदिनु भएकोमा यहाँलाई धन्यबाद । बिस्तारै बिस्तारै लेख्दै जानेछु हेर्दै जानुहोला ।
Sunday, November 28, 2010
गजल
सबै लाई जित्न खोज्दा हार्ने उस्तै म,
फलाउन खोज्दा बोट मार्ने उस्तै म ।
लटरम्म बोडि हरु फली रहने खेतमा,
चोर्न भनी बारी बारी चार्ने उस्तै म ।
फल जती सकियछ खाइ अरुले नै,
सकियसी काडे बारले बार्ने उस्तै म ।
अझै पनि आसा राखी बारी रहन्छु,
ओईलियको बोट लाई सार्ने उस्तै म ।
सधैं लुकी खादा खेरी चाल पाय अरे,
काले चोर घरमा गाल पार्ने उस्तै म ।
अमीन
Thursday, November 25, 2010
Monday, November 22, 2010
गजल
खियालाको तारजस्तो भाछ जिन्दगी,
जितेरनी हारजस्तो भाछ जिन्दगी ।
दुइखुट्टाछन उभिनत सक्छुयसै म,
बैसाकिकै सारजस्तो भाछ जिन्दगी ।
जहिलेपनी उडिजाने सप्नाबुन्थे म,
गुडिजाने कारजस्तो भाछ जिन्दगी ।
हुनखोज्थे जहिलेपनी गन्दापाच्मा पाच,
यकघटेर चारजस्तो भाछ जिन्दगी ।
इछामेरा चकनाचुर टुटेफुटे पछी,
पिर्थिबीलाई भारजस्तो भाछ जिन्दगी ।
काले बयापानी ।
Saturday, November 20, 2010
एका देशको कथा (२०६१-०४-३१)
उ एउटा गरीब परिवारमा जन्मेको केटा हो । जिन्दगीको दौडानमा दौडिदै जादा
नानाथरी जालहरुमा फस्दै जान्छ । यस्तैमा साउनको ३१ गते घर छोडेर बाटो-
सम्म साथी लाई पुर्याउन जान्छ । कारीब दिनको ३ बजेतिर साथी सँग बिछोड
भई फर्कन्छ । घर अाइपुग्दा रातको ९ बजिसकेको हुन्छ सबै तिर सुनसान ।
रातै भरी सुनसान, बिछोडको पिडा कसरी निन्द्रा परोस बिहानी मिर्मिरे उज्यालो
हुन्छ । बिहानै मेला जान्छ । तेइ दिनदेखी बिरामी पर्छ । १० दिन पछी अस्प-
तल लगिन्छ । ब्यथा पत्ता लाग्दैन , घर फर्काइन्छ । धामी झाक्रिको उपचार् पनि
लाग्दैन । फेरी एक हप्ता पछी अस्पातल लगिन्छ ! अझै पत्ता लाग्दैन ब्यथा ।
तेसपछी पाटन अस्पातल काठमन्डौ लाई चिट्ठी लेखिदिन्छ । २१ गते तिजको
दिन अस्पातल लगिन्छ । इमर्जेन्सी रूममा लगिन्छ । भाग्य बस गाउकै डक्टरको
शाहयता मिल्छ । तुरुन्तै अप्रेसन हुन्छ । अप्रेसन पछी उसलाई कुनै बेडमा लगेर
सुताइन्छ । अझै सन्चो हुँदैन । ३३ दिन पछी घाऊ पाकेर फुट्छ । पिप र रगतले
सबै बेड भिज्छ । नर्स हरु आयर निचोरेर २ लिटर पिप र रगत निकाल्छन ।
बल्ल अली सन्चो भयको महसुस हुन्छ । अस्पातलमा उसको खुट्टामा पित्तलको
२ फिट लामो रड राखी बर्मालेछेडेर २० लिटर पानी राखेर झुन्ड्याइयको थियो ।
बेडले पोलेर शरीरको छाला सबै उक्कियर गयको थियो । उ यता उता पल्तन
नसक्ने थियो । जे होस् उसले जिबनमा रमाइलो सँग बिरामी दिनहरु बितायो ।
कारीब ७० दिनको अन्तराल पछी उसलाई घरतिर फर्काइयो । बाटोमा उसलाई
बाबा र भाई ले मर्यो भनेर छोडेका रे ! जिबन ....
कस्तो अनौठोको जिबन
कसैले पनि बाच्छ नभनेको मान्छे आज सबैको सामु उभियको छ । दु:खमा कोही
पाइदैन रहेछ भन्ने शिक्षा उसले यहाँबाट पायो । गाउलेले बाट उसले सक्दो मद्घत र
शाहयोग पायो तर उसलाई आफ्नले नै ।
उ भन्छ म सबै सबैको ऋणी छु मैले शायद कसैको पनि गुन तिरेर
सक्दिन होला तर पनि कोशीस भने गरिरहने छु ।
उ भन्छ शिक्षा पढेर मात्र होइन परेपछी धेरै पाइदो रहेछ ।
गजल
शिकारीको गोली बाट घाइते भाको चरी हुँ म,
पहाडकी रानी अनी त्यै लेककी परी हुँ म ।
पहाडकी रानी अनी त्यै लेककी परी हुँ म ।
मनभित्र आगो लाग्दा सितलता दिलाउने ,
हिउजस्तै चिसो चिसो साउनको झरी हुँ म ।
छताछुल्ल भई बग्ने नसा नसा रगत को,
अन्जुलिमा थापि राख बर्खे भेल सरी हुँ म ।
दुइपैसामा कही कतै बिक्ने मेरो इच्छा हैन,
आफ्नै पाखा पखेराको औषधीको बरी हुँ म ।
आफ्नै पाखा पखेराको औषधीको बरी हुँ म ।
कालि
भन्दिनु ।
मेरो गाउ
बयापानी
गोर्खाको हर्मी गा बि स ।
बयापानी नामनै सुन्दर ,
...
पानीका ३ वटा धारा हरु
...
ठुला ठुला नाइसरका
रुखहरु
फेदमा पधेरो ।
ठुलो गाउ
तल बेसी फाट
चेपे नदिको किनरामा ठुलो बगर ..
बगरको नजिकै खेत
..............................
जङलको सिरमा घर
सालघारिको बन
...........................
लिगलिग कोट
राइनास कोट
......................
सडक जताततै
बिजुली बत्ती
गाउ भयपनी
सोचे भन्दा
रमाइलो
र सुन्दर ।
Thursday, November 18, 2010
गजल
सुस्त सुस्त बोलेपनी सुन्छ भन्दिनु,
सम्झना ले टोलाउदै रुन्छ भन्दिनु ।
हासो खुसी झारी लयो चैते हुरिले,
एकान्तमा बसी कुरा बुन्छ भन्दिनु ।
साथी सङी वरी परी कुरा गर्दा नि !
काले सधैं तिम्रै कुरा गुन्छ भन्दिनु ।
नसा भित्र डुली हिन्ने कण कणमा,
शरीर भित्र सत्ते तिम्रै खुन्छ भन्दिनु ।
तिम्रो लागि हासी हासी मर्छु भन्छरे!
ज्यानै फाल्न परे पनि हुन्छ भन्दिनु ।
Subscribe to:
Posts (Atom)