Sunday, November 28, 2010

गजल



सबै लाई जित्न खोज्दा हार्ने उस्तै म,

फलाउन खोज्दा बोट मार्ने उस्तै म ।


लटरम्म बोडि हरु फली रहने खेतमा,
चोर्न भनी बारी बारी चार्ने उस्तै म ।


फल जती सकियछ खाइ अरुले नै,
सकियसी काडे बारले बार्ने उस्तै म ।


अझै पनि आसा राखी बारी रहन्छु,
ओईलियको बोट लाई सार्ने उस्तै म ।


सधैं लुकी खादा खेरी चाल पाय अरे,
काले चोर घरमा गाल पार्ने उस्तै म ।


अमीन

No comments:

Post a Comment