Thursday, November 18, 2010

गजल

सुस्त सुस्त बोलेपनी सुन्छ भन्दिनु,
सम्झना ले टोलाउदै रुन्छ भन्दिनु ।

हासो खुसी झारी लयो चैते हुरिले,
एकान्तमा बसी कुरा बुन्छ भन्दिनु ।

साथी सङी वरी परी कुरा गर्दा नि !
काले सधैं तिम्रै कुरा गुन्छ भन्दिनु ।

नसा भित्र डुली हिन्ने कण कणमा,
शरीर भित्र सत्ते तिम्रै खुन्छ भन्दिनु ।

तिम्रो लागि हासी हासी मर्छु भन्छरे!
ज्यानै फाल्न परे पनि हुन्छ भन्दिनु ।

No comments:

Post a Comment