Saturday, November 20, 2010

गजल


                                                                        







शिकारीको गोली बाट घाइते भाको चरी हुँ म,
पहाडकी रानी अनी त्यै लेककी परी हुँ म ।

मनभित्र आगो लाग्दा सितलता दिलाउने ,
हिउजस्तै चिसो चिसो साउनको झरी हुँ म ।


छताछुल्ल भई बग्ने नसा नसा रगत को,
अन्जुलिमा थापि राख बर्खे भेल सरी हुँ म ।


दुइपैसामा कही कतै बिक्ने मेरो इच्छा हैन,
आफ्नै पाखा पखेराको औषधीको बरी हुँ म ।
कालि

No comments:

Post a Comment