Tuesday, January 18, 2011

गजल

भिन्दा भिन्दै हुन दिन्न भन्दै थियौ बाटो,
आँशु पाएँ किन आज हाँसो खुशी साटो ।

गहभरी रेखी बस्छ सम्झी सम्झी बाचा,
हुन्छ सधैं सिरानीमा आँशुको त्यो टाटो ।

बिर्सु भन्छु बल्झिदिन्छ यो मुटुको घाऊ,
दुख्छ सधैं चस्स चस्स जमे पनि खाटो ।

एकपटी दुख्न छोड्छ थोरै भुले भने मैले,
सम्झिहाल्छु फेरी दुख्छ अर्को पट्टी पाटो ।

थाहा छैन भाग्य होकी म आँफै हो दोसी,
हात खुट्टा छन् भाको छु लङ्गडो र लाटो ।

 भाको = भयको

काले दाई

No comments:

Post a Comment