Tuesday, January 25, 2011

गजल

बर्ष पुगी सक्यौ अरे सोह्र निरमाँया,
माँया गर्छु भन्यौ अरे होर निरमाँया ।

तिमीलाई मेरो माँया खाँचो भाको भए,
किन चुप लाग्छौ बोली फोर निरमाँया ।

छोपी दिने भए मेरो माँया पछेउरिले,
मन भित्र बनाइ राख्नु खोर निरमाँया ।

कोही तिम्रो मुटु भित्र बस्या छैन भने,
खाली दिल भए माँया भोर निरमाँया ।

तिमी हिंड्ने बाटो माथि काँडा बने भने,
सिधै भने हुन्छ तिमी मोर निरमाँया ।

No comments:

Post a Comment