Wednesday, January 19, 2011

'' गजल ''

 


सँग संगै चेपे नदी तरम सोल्टिनी,
तिमी मेरो म तिम्रो भर परम सोल्टिनी ।

हामी दुई एक अर्कामा जोडी बनेसी,
अरु भन्दा थोरै माथि सरम सोल्टिनी ।

यती भन्दै हात माथि हात राखेथेँ,
रातो पिरो मुहार उनको गरम सोल्टिनी ।

तिम्रो पनि मेरो पनि दिल खाली छ,
खाली दिलमा चोखो माँया भरम सोल्टिनी ।

दु:ख सट्नी सुख साट्नी हाँसो रोदन मा,
संगै बाँच्नी सँग संगै मरम सोल्टिनी ।

 बनेसी = बनेपछी ।

No comments:

Post a Comment