Wednesday, January 19, 2011

''गजल''

 

प्रणयका रातभरी जाडो मन पर्छ ।
खोला खोल्सा कन्दरा र डाँडो मन पर्छ ।।

शिशिरमा पतझर फूलभन्दा पनि ।
मीठो गरी दुखाउने काँडो मन पर्छ ।।

हिउदका दिन छोटा भन्थे बुढापाका ।
आजभोली सूर्य अस्त चाँडो मन पर्छ ।।

भोक कैले नभेटिने जति खाए पनि ।
साग सिस्नु मिसिएको फाँडो मन पर्छ ।।

अमूर्त हुन् संसारका अवयवहरु ।
निष्पिडित आकृतिको भाँडो मन पर्छ ।।

तेज बकस मिया
गोरखा नेपाल

No comments:

Post a Comment