Thursday, January 20, 2011

गजल

मेरो जिबन तिम्रो लागि किरा जस्तै नभएत,
तिम्रो जिबन तिम्रो लागि हिरा जस्तै नभएत ।

दिगो माँया पाउने भए सुम्पी दिन्थे दिल मैले,
घट्दै घट्दै पछी सानो जिरा जस्तै नभएत ।

सुख दु:ख हाँसो खुशी रोदन सँग साथ दिँदै ,
बाँझो खेतमा धाँजा फाट्ने चिरा जस्तै नभएत ।

शरीर दुई भएपनी धड्कन एक भई दिए ,
एउटा मुटु दुई वटा शिरा जस्तै नभएत ।

सजाउने थिए मैले छात्ती भित्र चित्र कोरी,
शहरकी एउटी केटी मिरा जस्तै नभएत ।

तेज बकस मिया
हर्मी बयापानी ।

No comments:

Post a Comment