Wednesday, January 19, 2011

गजल



गरीबी लाई टप्प टिपी फाल्न सक्या छैन ,
फाटेका ति मन मुटु टाल्न सक्या छैन ।

नाना बाला रोइदिन्छन छैन खाना भनी ,
सुख सँग परिवार पाल्न सक्या छैन ।

ढिडो भात त छैन छैन नुन पनि छैन ,
शांझ पख सानो दियो बाल्न सक्या छैन ।

चाड बाड आइ दिन्छ रोइ दिन्छे छोरी ,
बर्सै पिच्छे एक सरो हाल्न सक्या छैन ।

धारा धारा पसिनका हुन्छु अगी बड्न ,
लर्खरिने पाइला मैले चाल्न सक्या छैन ।

काले दाई ।

No comments:

Post a Comment