Wednesday, January 19, 2011

गजल




कता कता मनले मन पराएको जस्तो लाग्छ,
तिमीलेनै मलाई यस्तो गराएको जस्तो लाग्छ ।

कल्पनामा बाटो छेक्न आइदिँदा तिमी मेरो,

सम्झनामा छात्ती तेसै चह्र्याएको जस्तो लाग्छ ।


बोल्न खोज्छु तिम्रो छेउ तर बोल्नै सक्दिन म,
भित्र भित्रै आफु आँफै डराएको जस्तो लाग्छ ।



एक्लै बस्दा छोपी दिन्छ तिम्रो सम्झनाले सधै ,

तिमी सङ्गै कल्पनामा हराएको जस्तो लाग्छ ।

आँफैसँग कुरा गर्दै आफ्नै मनलाई सोध्ने गर्छु ,
तिम्रो सामु मेरो आत्मा कराएको जस्तो लाग्छ ।

No comments:

Post a Comment