Wednesday, January 19, 2011

गजल




आज उसले एउटा बाचा गर्‍यो भन्दिनु,

बर्खा मासको असिनाझै झर्यो भन्दिनु ।


बाटो सबै उसको लागी बन्दै भयछन,
इस्वारीय जालमा आज पर्‍यो भन्दिनु ।


यै धर्तिमा बाच्ने इच्छा लाछ भन्दाभन्दै,
धर्ती छोडि अन्तै बसाइ सर्यो भन्दिनु ।


छाती भरी मुटु भरी तस्बिर साथमा,
त्यो कालिको चाहना नि टर्यो भन्दिनु ।


अगी सम्म घिटिघिटी सास लिदालिदै,
आउनै लाग्दा तिहार!काले मर्यो भन्दिनु ।


तेज बकस मिया
हर्मी १ बयापानी
गोर्खा ।

No comments:

Post a Comment