Wednesday, January 19, 2011

मेरी आमा

हसिया र नाम्लो सँग प्रिती लाउछिन मेरी आमा,
बिरहको भाका सँग गीत गाउछिन मेरी आमा ।

डुब्न लाको घामा जस्तै भयपनी उमेर उनको ,
दमको ब्यथा स्वा स्वा गर्दै मेला धाउछिन मेरी आमा ।

जाने बाटो ओरालो छ तेती गाह्रो नहुदो हो ,
फर्कदा त उकालो छ राती आउछिन मेरी आमा ।

दिनै भरी शाहुको मेला चियाको त्यो पात टिप्दै,
दिन्छ ज्याला २० रुपैया रमाउछिन मेरी आमा ।

तेज बकस मिया

No comments:

Post a Comment