Wednesday, January 19, 2011

गजल

 
 
जुन फल्ने आकाशमा, फुल फल्ने माटोमाथी,
कहिले कडा बन्दिनम, तिमी हिंड्ने बाटोमाथि ।

जहिले पनि तिरस्कार, मेरो हतमा परेकोछ,
दुखे पनि शहन्छुम, यो छातीको पाटोमाथि ।

किन मैले पाउने गर्छु, यस्तै यस्तै यि बेदना,
आसु मात्रै हात पर्छन, खुशीको त्यो साटोमाथि ।

कोट्ट्याउने काम नगर, निको भाको घाउलाई,
न छर्किनु नुन खुर्सानी, बसेको त्यो खाटोमाथि ।

No comments:

Post a Comment