Wednesday, January 19, 2011

(कता मिलेन कता )

 

सुख दु:ख जसो तसो यो जिनन्दगी जिएकै छु,
दुखेको मन बिस्तारै बिस्तारै भयपनी सिएकै छु ।


खुशी सबै उसलाई पेवा पिडा जती हात थाप्दै ,

अझै आसुँ सँगालेर बाटो फुकाइ दिएकै छु ।

खातथिय चिट्ठी फोटो रुमाल चिनो तिमीले दिएको,
सुने तिमीले पोल्यौ अरे मैले अझै लिएकै छु ।

चिच्याउदै हिन्छु कहिले तिमीले दिएको घातले गर्दा ,
तेही चोट आज मैले नसा सरि पिएकै छु ।

सुख दु:ख जसो तसो यो जिनन्दगी जिएकै छु,
दुखेको मन बिस्तारै बिस्तारै भएपनी सिएकै छु ।

बैरागी काले दाई
बयापानी  

No comments:

Post a Comment