Tuesday, January 25, 2011

गजल

मर्नै लाग्या थिए रहर,जगाएर गयौ तिमी ।
मध्य राती निद्रा मेरो,भगाएर गयौ तिमी ।

चुम्यौ धेरै अधरभरी,अंगालोमा सजाएर
आँतै जल्ने गरी प्यास,लगाएर गयौ तिमी ।

नशा चढ्यो कुन्नी कस्तो,मदहोशी बनी ढलें
मदिरा त्यो त्यसैमाथि,मगाएर गयौ तिमी ।

बिपनीमा जस्तै लाग्यो,सपनीमा आ'की रै'छौ
पोखिएँछु छताछुल्ल,डगाएर गयौ तिमी ।

आलो नै छ सिरानी त्यो,ओभाएको छैन अझै
संझिसंझी रोएँ आँशु,बगाएर गयौ तिमी ।

No comments:

Post a Comment