Wednesday, January 19, 2011

गजल

माया भन्ने चिजै यस्तै जातै बैगुनी,
जाने बाटो छेकी दिने रातै बैगुनी ।

कुरा गर्दै गयो फेरी उतै मोडिन्छ,
बोली पनि लजालु छ बातै बैगुनी ।

नबजेनी हुने थियो पात बजाउदा,
तिम्रै धुनमा बजिदिन्छ पातै बैगुनी ।

न भएनी नहुने!रे साथ मायाको ,
संसार नै भुलाउने साथै बैगुनी ।

जिस्क्याउने गिज्याउने बानी परेसी,
सुस्त सुस्त मताउने मातै बैगुनी ।

एक चोटि नहेरेत सुत्नै नसक्नी ,
फोटो माथि चिट्ठीको खातै बैगुनी ।

तेज बकस मिया
हर्मी १ बयापानी

No comments:

Post a Comment