Wednesday, January 19, 2011

बिदेशको यात्रा

 


गजल ब्याङ्य



हामी बाटै चुनियर नेता बन्छौ तिमी,

त्यसपछी देश पुर्ने खाल्डो खन्छौ तिमी ।

कालापानी जस्ता ठाउँ लग्यो भारतले,
खुकुरी र बन्दुकले मार्छु भन्छौ तिमी ।

दुई चार महिना चलाऊन नसकेर देश,
बन्चरोले आफ्नै खुट्टा फेरी हान्छौ तिमी ।

दश बर्से आन्दोलनमा सत्ता पाए पनि,
जङल बाट आयौ फेरी जङल जान्छौ तिमी ?

फेरी पनि जङल जाने कुर गर्यौ भने ,
सयौं लियर आयौ होला दश लान्छौ तिमी ।

काले दाई ।



बिदेशको यात्रा


कार्तिक १९ को दिन
     आज त घर छोड्ने रात, मन भरी कुरा खेलेर बैरागी निदाउनै सकिरहेको थिएन । कता कता बिहानी पख निदाएछ । एकै छिनमा बाबाले बाबु उठ भनेको आवाज उसको कानमा पर्छ । बिउँझीएर कोठाबाट बाहिर निस्कन्छ अनी उसको मनमा बिभिन्न किसिमका कुराहरु मनमा खेल्न्न थल्छन्  । ऊ आँफैमा नरमाइलो मान्दै हात मुख धुन जान्छ । यसपछी उसको आँखाबाट आसुँ बग्न थाल्छन् । ति बुढी आमा आगनिमा रुदै बशेकी हुन्छिन, आमातिर हेर्छ झनै रुन थाल्छ । क् गरोस् गाउमै बसेर पनि बिहान बेलुका हात मुख जोर्नको लागि पनि धौ धौ छ । भलेको डाको सँगै ऊ आफ्नो गन्तब्य तिर लाग्न खोज्छ तर पाइला अगाडि बड्दैनन । परिवार सबै रोइ रहेका हुन्छन ऊ पनि रुदै सबै सँग बिदा भएर आफ्नो बाटो समाउछ ।             
     बाटोमा देख्ने हरु पनि रुदै बाइ बाइ गर्दै हुन्छन किनकी ऊ सबैको प्यारो थियो होला शायद । उसलाई बाटो सम्म छोड्नको लागि धेरै जना आउनुहुन्छ । अनी फर्केर जानुहुन्छ बिच बाटोबाट । ऊ झनै दुखी हुन्छ किनकी उसको बिदेशको यो पहिलो यात्रा थियो । एक रात बाटोमा बास बसेर भोली पल्ट ३ बजे जहाज मा चढि आफ्नो कार्य स्थान तर्फ लाग्छ । रातको १ बजे एअरपोट उत्रन्छ । ऊसलाई लिनको लागि एक जना सेतो भेस लगाएको मान्छे आउछ । अनी भन्छ how are u ? उसले उत्तर दिन्छ । अनी अरु त नजान्दो रहेछ अङ्रेजी बोल्न अनी अरबी बोल्न थाल्छ  अब ऊ अक्क न बक्क हुन्छ केही नबोली गाडीमा राखेर लैजान्छ । एउटा कोठा देखयर ईशाराले यहाँ बस बन्छ ऊ टाउको हल्लाउछ किनकी उसलाई बोल्नै आउँदैन । एउटा कोठा खाट माथि एउटा डसना मात्रै ओड्ने त छैन । यतिकै बस्छ राती एउटा मान्छे आयर तेही कोठामा सुत्छ । भोली पल्ट बिहानइ उठेर काममा जान्छ अनी काम नै जान्दैन अनी गाली गर्न थाल्छ के के भन्छ भन्छ उसले बुज्दैन । यसरीनै एक महिना बिताउछ अनी पैसानै दिदैन कामा गरे बापत । के गरोस् बोल्न जान्दैन जे गरेपनि सहनु पर्ने । जब दुई महिना बित्छ अनी उसलाई तलब दिन्छ नेपालमा भने भन्दा आधा । अनी उसले धेरै दु:ख पाउछ । एकदिन गाडीमा चड्न लाग्दा यात्रु धेरै हुन्छन उसको पैसा ब्याग छोरी हुन्छ अनी उसले धेरै दु:ख पाउछ । कती दिन त उ खाना पनि खान पाउदैन कोही चिनेको हुँदैन आफ्नाले पनि यतिखेर सहयोग गर्दैनन । उ साह्रै दु:खमा पर्छ । धनी भन्ने आशा राखेर बिदेस जान्छ झनै गरीब हुन्छ उ बिदेसमा ।

बैरागी
काले दाई ।



तिम्रो माँया
मुटु भरी चोट पाँए तर पनि भो भनिन,
मत तीम्रो हैन भन्यौ मैले पनि हो भनिन ।
चिन्दिन म भन्यौ अरे मेरो बारे सोध्धा खेरी,
सम्झना छ भन्दे भन्दा बुझीहालेँ को ? भनिन ।

सडकको कुकुरले झै फालेकोनी खाँए आमा,
अरु फाल्थे थोत्रा लुगा मैले तिनै लाँए आमा ।

आफ्नो पेट पाल्नै पर्‍यो धेरै धाँए यता उता,
साथीहरुको सामु गई जोगिको गीत गाँए आमा ।

ब्यथा भने आफ्ना लाई भने पराइ लाई पनि,
एक छाक खान धेरै लामो बाटो पनि धाँए आमा ।

मनले मागे जती मैले खान पाईन कहिलेयै पनि,
धनी बन्ने आशा बोकी झनै दु:ख पाँए आमा ।

ज्यान फाल्न सकियन एक चोटि पाएको जिबन,
दु:ख सास्ती धेरै पाँए फर्की घरै आँए आमा ।

बैरागी दाई ।

No comments:

Post a Comment