Wednesday, January 19, 2011

गजल ब्याङ्य




हामी बाटै चुनियर नेता बन्छौ तिमी,

त्यसपछी देश पुर्ने खाल्डो खन्छौ तिमी ।

कालापानी जस्ता ठाउँ लग्यो भारतले,
खुकुरी र बन्दुकले मार्छु भन्छौ तिमी ।

दुई चार महिना चलाऊन नसकेर देश,
बन्चरोले आफ्नै खुट्टा फेरी हान्छौ तिमी ।

दश बर्से आन्दोलनमा सत्ता पाए पनि,
जङल बाट आयौ फेरी जङल जान्छौ तिमी ?

फेरी पनि जङल जाने कुर गर्यौ भने ,
सयौं लियर आयौ होला दश लान्छौ तिमी ।

काले दाई ।

No comments:

Post a Comment