Wednesday, October 19, 2011

भाबना ।

छोडी गयौ एक्लै पारि हास्न पनि सकेन मन 
पराईको खुशी संगै नाच्न पनि सकेन मन  । 
बगी गए आशु सबै तिम्रो याद मा सम्झी रुदा 
हर्ष लाई भन्दै आशु साच्न पनि सकेन मन । 





आसुँको पोखरीमा डुब्दै गलेर बाचेकोछु 
आगोको राप झैँ जिउदै बलेर बाचेकोछु  । 


जिबन हो यात्रा भन्छन त्यसैले हिडी रहेछु 
पाएका ती चोटहरु सिउदै चलेर बाचेकोछु  । 


खुशी केहो थाहा छैन दु;खै दुखमा जिएकोछु 
हासो केहो सपना छातीमा टालेर बाचेकोछु  । 


खालि थियो मनको पाना तिम्रो यादमा रङाउँदै छु 
आफ्नै  मुटु भित्र आँफै आगो बालेर बाँचेको छु  । 





मोरंग नेपाल ।

Tuesday, May 17, 2011

तिमी बिनाको जिबन ।

तिमी बिनाको यो जिबन उजाड लाग्छ
तिमी बिनाको यो सुबास नमिठो लाग्छ
अनी तिमी बिना मेरो जिबन अधुरो अपुरो लाग्छ
अनी एक्लै एक्लै एकान्तमा रुन मन लाग्छ
तिमी नै हौ मेरो दिलको राजा ....
मिठो सपना सजाएकी छु परेलीको माँझ .।


किन आज मेरो सानो मुटुलाई ठुलो पहाडले थिचेको अनुभब हुदैछ ।
श्वास फेर्न पनी गाह्रो भैरहेको छ घात अघातको बिच उपेक्षीत कसैका आँखालाई जिबन आधार बनाएर कल्पनाको सुन्दर फूलबारीमा रोमान्चकारी पाराले हिड्ने मेरो सपना आज मनचित भइदियो । त्यसैले कता कता म तडपिने गर्छु । बेदनाका नुनिला आँशुहरु भावनाका आसिमीत लहर झैँ बगी रहन्छन् ।तर म भने झन झन तड्पिने गर्छु ।

कबिता

रित्तो छु म छैन बाकी कुनै चाहना
सुन्य छ मन बिलाई सके जिउने बहना

बाध्यताले जसो भन्यो उसै गरी बाँचे
सपनी मा देखे उसलाई रुदा रुदौ हाँसे

फुल आज काहाँ फुल्यो उमङ्गको हुल
नफक्रिँदै ओइलिएछ चाहना को फुल

ओठको यो मुस्कानपनि झर्यो आँशु सरी
बिश्वासको चरी उड्यो मनको पाखा भरी ।।।




                               कबिता श्रेठ
                               मोरङ नेपाल ।



Wednesday, May 11, 2011

'गजल'

जोडेको त्यो नाता तोडेर गयौ
पराई  को घुम्टो ओडेर  गयौ

थुनेको नै थिएँ  दिलमा  राखी
लाएको त्यो चाबी फोडेर गयौ

तिमीनै हौ मेरो भनेकी थियौ
अहिले त मुन्टो मोडेर   गयौ

उजाड  नै  भयो  झुपडी  मेरो
पराई    को  बारी गोडेर गयौ

छिनेको छ मुटु छुटायौ यता
टुटायौ र  उता  जोडेर  गयौ ।

गजल

चारैतिर भैँतारीँदै खोज्ने ठाउँ चारी सकेँ
किनजित्थेँ तिम्रोसामु हार्नपर्ने हारी सकेँ

बररर  बर्षिएर  झरी  दिन्थे  मेरा  आँशु
सक्किएछ अबसबै झर्नेजती झारी सकेँ

मानेको त छैन अझै पापी मन बार हाल्न
तिम्रो लागी नबारेको दिल मैले बारी सकेँ

नचाहेरै भएपनी भुल्न दिल  नमान्दा  नी
धेरैचोटी सोची सोची मन मैले खारी सकेँ

पैले तिमी रूँदाखेरी दुख्ने गर्थ्यो मेरो आत्म
आज भोली रिस उठ्छ मैले मन मारी सकेँ  ।

'गजल'

मुटुभरी सँगालेर यो मायाँको धुन जती
रुनु  मात्रै  परेपनी  मै रुनेछु रुने  जती

घृणा  अनी  तिरस्कार  सबै  सबै सहन्छु म
आँशु चिन्ता मेरो भाग तिमीलाई गुन जती

म हुनेछु रुखो बारी तिमी हुनु गैरी खेत
हुन्न भन्दा हुनै पर्ने छरेपछी नुन जती

बैरागी  त  बैराग्यमा  बैरागीँदै  उराठ  छ
तिमीलाई लाको होला पिरतीको धुन जती

कर्मै मेरो जोगी बन्ने माग्दै हिन्छु पुष मास
आफु नाङ्गै भएपनी तिमीलाई ऊन जती ।

Thursday, April 28, 2011

'गजल'

पानी लिन पँधेरीमा धाउ भन्दिन 

मेला पात टाढा पर्दा आउ भन्दिन 


रुन दिन्न थोपा  थोपा आँसु झारेर

बियोगका भाकाहरु  गाउ  भन्दिन
 

मेरो  घर  झुपडी  हो  हैन  महल


तर  पनी  टपरीमा  खाउ भन्दिन 



राम्रै  सँग खान  दिन्छु उस्तै पहीरन्


आजको दिन यो पुरानो लाउ भन्दिन



धोका हुन्न म बाट त बाचा भयो यो


सयौँ जुनी सँगै बस जाउ भन्दिन ।।

'गजल'

चारैतिर भैँतारीँदै खोज्ने ठाउँ चारी सकेँ
किनजित्थेँ तिम्रोसामु हार्नपर्ने हारी सकेँ

बररर बर्षिएर झरी दिन्थे मेरा आँशु
सक्किएछ अबसबै झर्नेजती झारी सकेँ

मानेको त छैन अझै पापी मन बार हाल्न
तिम्रो लागी नबारेको दिल मैले बारी सकेँ

नचाहेरै भएपनी भुल्न दिल नमान्दा नी
धेरैचोटी सोची सोची मन मैले खारी सकेँ

पैले तिमी रूँदाखेरी दुख्ने गर्थ्यो मेरो आत्म
आज भोली रिस उठ्छ मैले मन मारी सकेँ  

Wednesday, April 6, 2011

' गजल '

आँशु सबै झरेर ताल हुन्छ सपनीमा 
शास छँदै मरेको चाल हुन्छ सपनीमा ।  

सकिएन चिन्नलाई को आफ्नो को बिरानो 
हिँड्ने बाटो जता सुकै जाल हुन्छ सपनीमा ।

मुटुमेरो छेड्दा खेरी बचनको तिर हानी 
सधैँ मेरो बेहोसी को हाल हुन्छ सपनीमा ।    

आफु हुन्छु जिबन र मरणको दोसाँधमा 
वरिपरी कुन्नी के को खाल हुन्छ सपनीमा ।  

आफु सँग भाको जती फालिहाल्छु छैन भनी 
अरु सँग बत्तिसको माल हुन्छ सपनीमा ।

बिपनीमा टपरिमा ढिँढो मैले खाएपनी 
खिरले नै भरएको थाल हुन्छ सपनीमा ।
 

Tuesday, April 5, 2011

फोटो







                                        


Saturday, February 26, 2011

" सुन्दर नेपाल "





टललल हिमचुली पहराको देश मेरो
झललल झर्ना झर्ने छहराको देश मेरो

ऐसेलु र काफलका तेसैमाथी गुराँसका
बेली अनी चमेलिका लहराको देश मेरो

फुल फुल्छ हरियाली मगमग बास्ना दिने
बर्ष भरी सदा सदा - बाहारको देश मेरो

मेची देखी महाकाली अँग अँग प्यारो लाग्छ
तीन भाग मिली चल्ने साहाराको देश मेरो

सेतो शिर हिमाल हो पहराको देश मेरो
तराई मा पुग्न बग्ने छहराको देश मेरो



 

Tuesday, February 22, 2011

गजल

खाली उनकै कुराहरु सुनाउने सुन्ने धेरै
तेसैमाथी भित्र भित्रै जाल पनि बुन्ने धेरै

छुपाउन खोज्ने सबै आफ्ना गल्ती जाली कुरा
आफ्नो छोडि अरुको नै कुराहरु गुन्ने धेरै

कुरा चल्छ चल्दा चल्दै साँचो बोल्न परेपछी
सबै कुरा खोल्न भन्दा आफ्नै मुख थुन्ने धरै

पानी माथि ओभानु त हुन खोज्ने सबै सबै
आफ्नो छोडि अरुका ति कुराहरु उन्ने धेरै । 

Saturday, February 19, 2011

गजल

न हेरेनी हेरुँ  हेरुँ लाग्ने तिम्रो नयन छ

गाजलु ति आँखालाई कती धेरै चयन छ

यती राम्रो फुल पनि छोडि गयो ईस्वरले
लान मन लाग्दा पनि एक्लै गयो लएन छ

भुल्ने बानी थिएन रे भन्ने गर्थे सबै जना
जाने बेला हतारमा भेट पनि भएन छ

धेरै बाटो काटे पछी सम्झिएर के गर्नु र
भेट्न मन हुँदा पनि फर्किएर गएन छ

राम्री पनि धेरै राम्री चर्चा पनि तिम्रै मात्रै
धर्तीको त के कुरा भो स्वर्गमनी बयान छ

मज्जा लाग्छ


नरिसाइ हेर्न भन्दा रिसाएकै मज्जा लाग्छ
झर्की झर्की कुराहरु मिसाएकै मज्जा लाग्छ

हाँसो खुशी जती सबै दिएपनी अन्तै तिर
दु:ख पिडा मेरैसामु बिसाएकै मज्जा लाग्छ
...
बानी परी सक्यो मेरो चोट घिर्णा सहने त
रुखा बचन बोली दिल चिसाएकै मज्जा लाग्छ ।

कसैलाई माया गर्छौ भने माया दियर हेर, कसैको माया लिन्छौ भने माया लिएर हेर।

                                          हर्मिको पाखापखेरामा जन्मियको म। भन्छन  जिबन जिउन कसै न कसैको आवश्यकता पर्छ भनेर। कुरा ५९ सालबाट सुरु हुन्छ।  मलाई पनि यस्तै यस्तै हुँदै गयो। म कक्षा नौ मा आधयान गर्दै थिय। यसै करममा म बिदेस जाने  तयारी गर्दै थिय। नेपाल मा बसेर के गरियला र भन्दै। सबै साथीहरु बिदेस जादै थिए । म पनि एक  गरीब परिवार मा जन्मलियको मान्छे,आफ्नो भबिस्यको बाटो खोज्दै थिय। सम्योगबस यो कुरा सबैले थाहा पाएछन। अनी एक दिन मलाई कोही अन्जान ब्याक्ती आएर दाई एुटा खबर छ यहाँ अौनुत भन्दै आयो। मलाई क् खबर कस्तो खबर केही थाहा थिएन। पर पुगेपछी उसले भन्यो हजुरलाई चिट्ठी आको छ। कस्को हो, कसले पठाएको भन्दा उत्तर आयन। बेलुका घर आए अनी खोली हेरेको थिय, तेसमा  लेखियको थियो। तिमी बिदेस जादै छौरे,हाम्रो यो कलिलो नातालाई छोडेर कसरी जान्छौ, मेरो पहिलो प्रेम, तिमी गयपछी म एक्लाई कसरी बस्ने, मेरो को छ र, तिमी थियौ तर छोडेर जान लायौ ,,,,,,,,,,,,,, यस्तै यस्तै।हासो मजा गरिन्हेयो तर म यति गहिराहिमा पुगिसकेको थिइन। मलाइ अचम्ममा लायो किनकी मैले त सोचेको पनि थिएन तिमि यति गहिराहिमा पुगेकि छौ भनेर। यस्तै गर्दा पत्त्र आदान पर्दान हुँदै गयो, यसपछी हामी यती गहिराइमा पुग्यौ कि यक आपसमा नछुट्टिने रे। मलाई उसले यती विश्वाश दिलायो कि तिमी बाहेक अरु कोही पुरुसको आँखा सँग मेरो आँखा जुद न गयो भने तो दिन मेरो अन्तिम दिन हुनेछ। यती धेरै विश्वाश दिलाय पछी मैले पनि सुविकार गरे। हामी जता गयपनी सँगै हुन्थेयौ। यहाँसम्मकी  यक दिन नदेख्दा नरमाइलो लाग्ने गर्थेयो।
दिनहरु बित्दै गय। टाढा हुँदा फोन मा घण्टा घण्टा म कुरा गरिरहन्थेयौ। यो माया भन्ने शब्द पनि कस्तो अचम्मको हुदोरहेछ।  लगातार  हाम्रो मायाले साचिकै मायाको रुप लियको छ। शायद यती पुरानो र गहिरो माया शायद थोरैको होला। हाल सम्मत राम्रै चलेकै छ हेर्दाइ जा दा कहासम्म पुगेर यत्त्रा सक्किने हो थाहा छैन। गर्ल फ्रेन लाई लाईफ फ्रेन मा ढाल्न सकिन्छ कि सकिदैन तो त पछाडि देखिने कुरा हो। जे होस् मानब मायामा फसेपछी त्यसबाट बहिर अौन गाह्रो हुदो रहेछ। यो सबै माया गर्नेहारुलाई थाहा होला। माया नगरने हरुले हासोमा उडाउछन तर कसैले कसैलाई माया गर्छ भने यो पारीभासा दिन आबस्यक हुँदैन होला।
कसैलाई माया गर्छौ भने माया दियर हेर, कसैको माया लिन्छौ भने माया लियर हेर।

तेज बकस मिया
हर्मी १ बयापानी गोर्खा
मगर गाउ