Wednesday, October 19, 2011

भाबना ।

छोडी गयौ एक्लै पारि हास्न पनि सकेन मन 
पराईको खुशी संगै नाच्न पनि सकेन मन  । 
बगी गए आशु सबै तिम्रो याद मा सम्झी रुदा 
हर्ष लाई भन्दै आशु साच्न पनि सकेन मन । 





आसुँको पोखरीमा डुब्दै गलेर बाचेकोछु 
आगोको राप झैँ जिउदै बलेर बाचेकोछु  । 


जिबन हो यात्रा भन्छन त्यसैले हिडी रहेछु 
पाएका ती चोटहरु सिउदै चलेर बाचेकोछु  । 


खुशी केहो थाहा छैन दु;खै दुखमा जिएकोछु 
हासो केहो सपना छातीमा टालेर बाचेकोछु  । 


खालि थियो मनको पाना तिम्रो यादमा रङाउँदै छु 
आफ्नै  मुटु भित्र आँफै आगो बालेर बाँचेको छु  । 





मोरंग नेपाल ।

Tuesday, May 17, 2011

तिमी बिनाको जिबन ।

तिमी बिनाको यो जिबन उजाड लाग्छ
तिमी बिनाको यो सुबास नमिठो लाग्छ
अनी तिमी बिना मेरो जिबन अधुरो अपुरो लाग्छ
अनी एक्लै एक्लै एकान्तमा रुन मन लाग्छ
तिमी नै हौ मेरो दिलको राजा ....
मिठो सपना सजाएकी छु परेलीको माँझ .।


किन आज मेरो सानो मुटुलाई ठुलो पहाडले थिचेको अनुभब हुदैछ ।
श्वास फेर्न पनी गाह्रो भैरहेको छ घात अघातको बिच उपेक्षीत कसैका आँखालाई जिबन आधार बनाएर कल्पनाको सुन्दर फूलबारीमा रोमान्चकारी पाराले हिड्ने मेरो सपना आज मनचित भइदियो । त्यसैले कता कता म तडपिने गर्छु । बेदनाका नुनिला आँशुहरु भावनाका आसिमीत लहर झैँ बगी रहन्छन् ।तर म भने झन झन तड्पिने गर्छु ।

कबिता

रित्तो छु म छैन बाकी कुनै चाहना
सुन्य छ मन बिलाई सके जिउने बहना

बाध्यताले जसो भन्यो उसै गरी बाँचे
सपनी मा देखे उसलाई रुदा रुदौ हाँसे

फुल आज काहाँ फुल्यो उमङ्गको हुल
नफक्रिँदै ओइलिएछ चाहना को फुल

ओठको यो मुस्कानपनि झर्यो आँशु सरी
बिश्वासको चरी उड्यो मनको पाखा भरी ।।।




                               कबिता श्रेठ
                               मोरङ नेपाल ।



Wednesday, May 11, 2011

'गजल'

जोडेको त्यो नाता तोडेर गयौ
पराई  को घुम्टो ओडेर  गयौ

थुनेको नै थिएँ  दिलमा  राखी
लाएको त्यो चाबी फोडेर गयौ

तिमीनै हौ मेरो भनेकी थियौ
अहिले त मुन्टो मोडेर   गयौ

उजाड  नै  भयो  झुपडी  मेरो
पराई    को  बारी गोडेर गयौ

छिनेको छ मुटु छुटायौ यता
टुटायौ र  उता  जोडेर  गयौ ।

गजल

चारैतिर भैँतारीँदै खोज्ने ठाउँ चारी सकेँ
किनजित्थेँ तिम्रोसामु हार्नपर्ने हारी सकेँ

बररर  बर्षिएर  झरी  दिन्थे  मेरा  आँशु
सक्किएछ अबसबै झर्नेजती झारी सकेँ

मानेको त छैन अझै पापी मन बार हाल्न
तिम्रो लागी नबारेको दिल मैले बारी सकेँ

नचाहेरै भएपनी भुल्न दिल  नमान्दा  नी
धेरैचोटी सोची सोची मन मैले खारी सकेँ

पैले तिमी रूँदाखेरी दुख्ने गर्थ्यो मेरो आत्म
आज भोली रिस उठ्छ मैले मन मारी सकेँ  ।

'गजल'

मुटुभरी सँगालेर यो मायाँको धुन जती
रुनु  मात्रै  परेपनी  मै रुनेछु रुने  जती

घृणा  अनी  तिरस्कार  सबै  सबै सहन्छु म
आँशु चिन्ता मेरो भाग तिमीलाई गुन जती

म हुनेछु रुखो बारी तिमी हुनु गैरी खेत
हुन्न भन्दा हुनै पर्ने छरेपछी नुन जती

बैरागी  त  बैराग्यमा  बैरागीँदै  उराठ  छ
तिमीलाई लाको होला पिरतीको धुन जती

कर्मै मेरो जोगी बन्ने माग्दै हिन्छु पुष मास
आफु नाङ्गै भएपनी तिमीलाई ऊन जती ।

Thursday, April 28, 2011

'गजल'

पानी लिन पँधेरीमा धाउ भन्दिन 

मेला पात टाढा पर्दा आउ भन्दिन 


रुन दिन्न थोपा  थोपा आँसु झारेर

बियोगका भाकाहरु  गाउ  भन्दिन
 

मेरो  घर  झुपडी  हो  हैन  महल


तर  पनी  टपरीमा  खाउ भन्दिन 



राम्रै  सँग खान  दिन्छु उस्तै पहीरन्


आजको दिन यो पुरानो लाउ भन्दिन



धोका हुन्न म बाट त बाचा भयो यो


सयौँ जुनी सँगै बस जाउ भन्दिन ।।

'गजल'

चारैतिर भैँतारीँदै खोज्ने ठाउँ चारी सकेँ
किनजित्थेँ तिम्रोसामु हार्नपर्ने हारी सकेँ

बररर बर्षिएर झरी दिन्थे मेरा आँशु
सक्किएछ अबसबै झर्नेजती झारी सकेँ

मानेको त छैन अझै पापी मन बार हाल्न
तिम्रो लागी नबारेको दिल मैले बारी सकेँ

नचाहेरै भएपनी भुल्न दिल नमान्दा नी
धेरैचोटी सोची सोची मन मैले खारी सकेँ

पैले तिमी रूँदाखेरी दुख्ने गर्थ्यो मेरो आत्म
आज भोली रिस उठ्छ मैले मन मारी सकेँ  

Wednesday, April 6, 2011

' गजल '

आँशु सबै झरेर ताल हुन्छ सपनीमा 
शास छँदै मरेको चाल हुन्छ सपनीमा ।  

सकिएन चिन्नलाई को आफ्नो को बिरानो 
हिँड्ने बाटो जता सुकै जाल हुन्छ सपनीमा ।

मुटुमेरो छेड्दा खेरी बचनको तिर हानी 
सधैँ मेरो बेहोसी को हाल हुन्छ सपनीमा ।    

आफु हुन्छु जिबन र मरणको दोसाँधमा 
वरिपरी कुन्नी के को खाल हुन्छ सपनीमा ।  

आफु सँग भाको जती फालिहाल्छु छैन भनी 
अरु सँग बत्तिसको माल हुन्छ सपनीमा ।

बिपनीमा टपरिमा ढिँढो मैले खाएपनी 
खिरले नै भरएको थाल हुन्छ सपनीमा ।
 

Tuesday, April 5, 2011

फोटो







                                        


Saturday, February 26, 2011

" सुन्दर नेपाल "





टललल हिमचुली पहराको देश मेरो
झललल झर्ना झर्ने छहराको देश मेरो

ऐसेलु र काफलका तेसैमाथी गुराँसका
बेली अनी चमेलिका लहराको देश मेरो

फुल फुल्छ हरियाली मगमग बास्ना दिने
बर्ष भरी सदा सदा - बाहारको देश मेरो

मेची देखी महाकाली अँग अँग प्यारो लाग्छ
तीन भाग मिली चल्ने साहाराको देश मेरो

सेतो शिर हिमाल हो पहराको देश मेरो
तराई मा पुग्न बग्ने छहराको देश मेरो



 

Tuesday, February 22, 2011

गजल

खाली उनकै कुराहरु सुनाउने सुन्ने धेरै
तेसैमाथी भित्र भित्रै जाल पनि बुन्ने धेरै

छुपाउन खोज्ने सबै आफ्ना गल्ती जाली कुरा
आफ्नो छोडि अरुको नै कुराहरु गुन्ने धेरै

कुरा चल्छ चल्दा चल्दै साँचो बोल्न परेपछी
सबै कुरा खोल्न भन्दा आफ्नै मुख थुन्ने धरै

पानी माथि ओभानु त हुन खोज्ने सबै सबै
आफ्नो छोडि अरुका ति कुराहरु उन्ने धेरै । 

Saturday, February 19, 2011

गजल

न हेरेनी हेरुँ  हेरुँ लाग्ने तिम्रो नयन छ

गाजलु ति आँखालाई कती धेरै चयन छ

यती राम्रो फुल पनि छोडि गयो ईस्वरले
लान मन लाग्दा पनि एक्लै गयो लएन छ

भुल्ने बानी थिएन रे भन्ने गर्थे सबै जना
जाने बेला हतारमा भेट पनि भएन छ

धेरै बाटो काटे पछी सम्झिएर के गर्नु र
भेट्न मन हुँदा पनि फर्किएर गएन छ

राम्री पनि धेरै राम्री चर्चा पनि तिम्रै मात्रै
धर्तीको त के कुरा भो स्वर्गमनी बयान छ

मज्जा लाग्छ


नरिसाइ हेर्न भन्दा रिसाएकै मज्जा लाग्छ
झर्की झर्की कुराहरु मिसाएकै मज्जा लाग्छ

हाँसो खुशी जती सबै दिएपनी अन्तै तिर
दु:ख पिडा मेरैसामु बिसाएकै मज्जा लाग्छ
...
बानी परी सक्यो मेरो चोट घिर्णा सहने त
रुखा बचन बोली दिल चिसाएकै मज्जा लाग्छ ।

कसैलाई माया गर्छौ भने माया दियर हेर, कसैको माया लिन्छौ भने माया लिएर हेर।

                                          हर्मिको पाखापखेरामा जन्मियको म। भन्छन  जिबन जिउन कसै न कसैको आवश्यकता पर्छ भनेर। कुरा ५९ सालबाट सुरु हुन्छ।  मलाई पनि यस्तै यस्तै हुँदै गयो। म कक्षा नौ मा आधयान गर्दै थिय। यसै करममा म बिदेस जाने  तयारी गर्दै थिय। नेपाल मा बसेर के गरियला र भन्दै। सबै साथीहरु बिदेस जादै थिए । म पनि एक  गरीब परिवार मा जन्मलियको मान्छे,आफ्नो भबिस्यको बाटो खोज्दै थिय। सम्योगबस यो कुरा सबैले थाहा पाएछन। अनी एक दिन मलाई कोही अन्जान ब्याक्ती आएर दाई एुटा खबर छ यहाँ अौनुत भन्दै आयो। मलाई क् खबर कस्तो खबर केही थाहा थिएन। पर पुगेपछी उसले भन्यो हजुरलाई चिट्ठी आको छ। कस्को हो, कसले पठाएको भन्दा उत्तर आयन। बेलुका घर आए अनी खोली हेरेको थिय, तेसमा  लेखियको थियो। तिमी बिदेस जादै छौरे,हाम्रो यो कलिलो नातालाई छोडेर कसरी जान्छौ, मेरो पहिलो प्रेम, तिमी गयपछी म एक्लाई कसरी बस्ने, मेरो को छ र, तिमी थियौ तर छोडेर जान लायौ ,,,,,,,,,,,,,, यस्तै यस्तै।हासो मजा गरिन्हेयो तर म यति गहिराहिमा पुगिसकेको थिइन। मलाइ अचम्ममा लायो किनकी मैले त सोचेको पनि थिएन तिमि यति गहिराहिमा पुगेकि छौ भनेर। यस्तै गर्दा पत्त्र आदान पर्दान हुँदै गयो, यसपछी हामी यती गहिराइमा पुग्यौ कि यक आपसमा नछुट्टिने रे। मलाई उसले यती विश्वाश दिलायो कि तिमी बाहेक अरु कोही पुरुसको आँखा सँग मेरो आँखा जुद न गयो भने तो दिन मेरो अन्तिम दिन हुनेछ। यती धेरै विश्वाश दिलाय पछी मैले पनि सुविकार गरे। हामी जता गयपनी सँगै हुन्थेयौ। यहाँसम्मकी  यक दिन नदेख्दा नरमाइलो लाग्ने गर्थेयो।
दिनहरु बित्दै गय। टाढा हुँदा फोन मा घण्टा घण्टा म कुरा गरिरहन्थेयौ। यो माया भन्ने शब्द पनि कस्तो अचम्मको हुदोरहेछ।  लगातार  हाम्रो मायाले साचिकै मायाको रुप लियको छ। शायद यती पुरानो र गहिरो माया शायद थोरैको होला। हाल सम्मत राम्रै चलेकै छ हेर्दाइ जा दा कहासम्म पुगेर यत्त्रा सक्किने हो थाहा छैन। गर्ल फ्रेन लाई लाईफ फ्रेन मा ढाल्न सकिन्छ कि सकिदैन तो त पछाडि देखिने कुरा हो। जे होस् मानब मायामा फसेपछी त्यसबाट बहिर अौन गाह्रो हुदो रहेछ। यो सबै माया गर्नेहारुलाई थाहा होला। माया नगरने हरुले हासोमा उडाउछन तर कसैले कसैलाई माया गर्छ भने यो पारीभासा दिन आबस्यक हुँदैन होला।
कसैलाई माया गर्छौ भने माया दियर हेर, कसैको माया लिन्छौ भने माया लियर हेर।

तेज बकस मिया
हर्मी १ बयापानी गोर्खा
मगर गाउ

Thursday, February 10, 2011

सम्झनामा

किनकिन झल्को आयो तिम्रा कुराको,
हातभरी राता निला काला चुराको ।

लजालु ति काला आँखा उस्तै हेराइ ,
त्यसैमाथि लट्ठै पार्ने बोली छुराको ।

नमिता र स्मिर्तिका पाना हरुमा ,
प्रगतिका राम्रा कुरा सुन्दा दुराको ।

उन्नतिकै कुरा सुन्न पाउँ जैलेनी ,
मैले चिने जाने जती पुरा पुराको ।

Sunday, February 6, 2011

सिक्ने चाहना मेरो ।

मेरो कथा बुझ्नलाई दशी खोज्नु साहित्यमा,
साहित्यनै जान्न चाहे पसी खोज्नु साहित्यमा ।

केही गर्ने जान्ने बुझ्ने उत्सुकता राख्ने भए,
ध्यानमग्न भई आँफै बसी खोज्नु साहित्यमा ।

थाहा छैन आँफै लाई कहाँ पुगी भेट हुने,
न भेटिने यात्रा हो यो फसी खोज्नु साहित्यमा ।

चाहना र भाबनामा सिर्जनाका पात्र बन्न,
लेख्दा लेख्दा नसकिने मसी खोज्नु साहित्यमा ।

सबैलाई फुलमाला जस्तै गरी उन्ने भए,
बुज्नै गार्ह्रो जिन्जालको रसी खोज्नु साहित्यमा ।

Tuesday, January 25, 2011

गजल

बर्ष पुगी सक्यौ अरे सोह्र निरमाँया,
माँया गर्छु भन्यौ अरे होर निरमाँया ।

तिमीलाई मेरो माँया खाँचो भाको भए,
किन चुप लाग्छौ बोली फोर निरमाँया ।

छोपी दिने भए मेरो माँया पछेउरिले,
मन भित्र बनाइ राख्नु खोर निरमाँया ।

कोही तिम्रो मुटु भित्र बस्या छैन भने,
खाली दिल भए माँया भोर निरमाँया ।

तिमी हिंड्ने बाटो माथि काँडा बने भने,
सिधै भने हुन्छ तिमी मोर निरमाँया ।

गजल

मर्नै लाग्या थिए रहर,जगाएर गयौ तिमी ।
मध्य राती निद्रा मेरो,भगाएर गयौ तिमी ।

चुम्यौ धेरै अधरभरी,अंगालोमा सजाएर
आँतै जल्ने गरी प्यास,लगाएर गयौ तिमी ।

नशा चढ्यो कुन्नी कस्तो,मदहोशी बनी ढलें
मदिरा त्यो त्यसैमाथि,मगाएर गयौ तिमी ।

बिपनीमा जस्तै लाग्यो,सपनीमा आ'की रै'छौ
पोखिएँछु छताछुल्ल,डगाएर गयौ तिमी ।

आलो नै छ सिरानी त्यो,ओभाएको छैन अझै
संझिसंझी रोएँ आँशु,बगाएर गयौ तिमी ।

Thursday, January 20, 2011

गजल

मेरो जिबन तिम्रो लागि किरा जस्तै नभएत,
तिम्रो जिबन तिम्रो लागि हिरा जस्तै नभएत ।

दिगो माँया पाउने भए सुम्पी दिन्थे दिल मैले,
घट्दै घट्दै पछी सानो जिरा जस्तै नभएत ।

सुख दु:ख हाँसो खुशी रोदन सँग साथ दिँदै ,
बाँझो खेतमा धाँजा फाट्ने चिरा जस्तै नभएत ।

शरीर दुई भएपनी धड्कन एक भई दिए ,
एउटा मुटु दुई वटा शिरा जस्तै नभएत ।

सजाउने थिए मैले छात्ती भित्र चित्र कोरी,
शहरकी एउटी केटी मिरा जस्तै नभएत ।

तेज बकस मिया
हर्मी बयापानी ।

Wednesday, January 19, 2011

बिर्सनेलाई सम्झना

            काली कस्ती भकी छौ सञ्चै छौ ? मत यहाँ कसैको साहारा बिना बाचिरहेको छु । सधैं तिम्रो सम्झना र कल्पनामा डुबिरहन्छु । किन यस्तो साह्रै माया लाग्छ त्यो मलाई थाहा छैन । हरेक पल हर छण म कल्पनामा हराइरहन्छु र हराउने बनी परिसकेको छ । कती भुल्न कोशीस गर्छु तर सक्दिन शायद त्यो तिमीले बिदाइको छणमा दियका छुरी जस्तै तिखा बचनले होला । हुन म बाट बिछोडइयर तिमीलाई रमाइलो लागेको होला तर मलाई भने सधैं मलमलको पछेउरिले झस्काइ रहने गर्छ । आज मात्रै सुनेको थिय तिमी यौटी सन्तानकी आमा बनिसकेकी छौ रे । सुन्दा मात्रै पनि साह्रै खुशी भय । म यक्लो भयर के भयो त तिमी त जोडीको साथमा छोरीकी आमा त भयौ नि हैन । मैले कता कता यो शब्द सुनेको थिय ----आफुले मन परायको मान्छे सँग मिलन हुनु भन्दा बिछोड भयको राम्रो रे ! थाहा छ किन ? किन कि उसले जहिले पनि बिछोड भयको मान्छेको राम्रो भयको देख्न चाहन्छ रे । आज तेही भयो म सदाको भन्न्दा   आज निकै खुशी भयको छु । मलाई यक्लो जिबन बिताउन गाह्रो छैन म त तिम्रो खुशीमा हराइ रहने छु र हराउछु पनि । जे होस् तिम्रो जिबन सुखी भयको देख्न पाय मलाई न खाय पनि खाय झै हुन्छ । यकचोटि भन्न मन लायो बिजयको कामना । अबत आफ्नो संसार राम्रो सँग चलाऊनु तिम्रा ति सन्तति लाई कुनै कुराको दु:ख हुना नदिनु कहिलेयै गाली नदिनु किनकी मैले सुने भने तिम्रो भन्दा मेरो मनमा चोट पुग्ने छ । अबत तिमीलाई हेर्न पनि मिल्दैन होला कहाँ छौ कुन दुनियाँमा जे होस्  जहाँ भय पनि कुनै दिन देखेछु भने छोरीलाई भान्जी भनेर बोलाउला । अबत नाता टुटी सके पछी के भयो र जे भनेपनी हैनर । अन्तिममा आफ्नो सवास्थय को राम्रो हेर्बिचरा गर्दै छोरीको चाहना पुरा गरिदिनु, हुनत सुनेको छु साथमा तिम्रो श्रीमान छैन रे न भय पनि शाहयोग  गर्ने कोइ त होलान उनिहरुलाई आफुलाई परेको समस्या बताउनु किनकी म सुन्न चाहन्न कि समस्यामा छ । 
               अन्त्यामा तिमीलाई यकचोटि यो बैरागिको तर्फबाट सदा सफलताको कामना । खुशी अनी सुखी रहनु । 
                          आज हामी हिन्ने गोरेटो फरक भयको छ मैले चाहेर पनि सहोयोग् गर्न सक्दिन । so becearful ।  
                                                                                                                                                               काले ।

गजल

तालन सुरको बाजा जस्तो, भयो जिन्दगी,
आधा उमेर हास खेलमै, गयो जिन्दगी ।

कुनै बेला साउनको, भेल सरी थियो,
अन्जान छु अहिले केले, लयो जिन्दगी ।

कुनै बेला हासो खुशी, पालो पर्खिन्थे,
अचम्मै को खेल रैछ, तयो जिन्दगी ।

कसैलाई मोज माथि, मस्ती छ अरे,
कसैको त सडकमा बास, छयो जिन्दगी ।

तेज बकस मिया
बयापनी हर्मी

गजल

 



कती धेरै सम्झना छ, खाली छैन काही,
रुपै राम्रो हिमाल झै, काली छैन काही ।

सुन्छु सबले भन्ने गर्छन्, पछी नलाग्नु,
थाछ मलाई मेरी काली, जाली छैन काही ।

मेरो माया आटल सधैं, राखेको छु भन्छिन,
चुन्नी भित्र पोको पारी, फाली छैन काही ।

मुटु मेरो खाली राख्छु, तिम्लाई भनेर,
तिमी आउने बाटो मैले, टाली छैन काही ।

तेज बकस मिया
हर्मी १ बयापानी
गोर्खा मगर गाउ ।

 

गजल

 
 
जुन फल्ने आकाशमा, फुल फल्ने माटोमाथी,
कहिले कडा बन्दिनम, तिमी हिंड्ने बाटोमाथि ।

जहिले पनि तिरस्कार, मेरो हतमा परेकोछ,
दुखे पनि शहन्छुम, यो छातीको पाटोमाथि ।

किन मैले पाउने गर्छु, यस्तै यस्तै यि बेदना,
आसु मात्रै हात पर्छन, खुशीको त्यो साटोमाथि ।

कोट्ट्याउने काम नगर, निको भाको घाउलाई,
न छर्किनु नुन खुर्सानी, बसेको त्यो खाटोमाथि ।

मेरी आमा

हसिया र नाम्लो सँग प्रिती लाउछिन मेरी आमा,
बिरहको भाका सँग गीत गाउछिन मेरी आमा ।

डुब्न लाको घामा जस्तै भयपनी उमेर उनको ,
दमको ब्यथा स्वा स्वा गर्दै मेला धाउछिन मेरी आमा ।

जाने बाटो ओरालो छ तेती गाह्रो नहुदो हो ,
फर्कदा त उकालो छ राती आउछिन मेरी आमा ।

दिनै भरी शाहुको मेला चियाको त्यो पात टिप्दै,
दिन्छ ज्याला २० रुपैया रमाउछिन मेरी आमा ।

तेज बकस मिया

गजल

 

पापी ! मलाई, छोडि किन ? गयौ नभन,
अना यासै, टाढा किन  ? भयौ  नभन ।

उभियको छु, म यता, बिना मुटुको ,
सम्झना लाई, टप्प टिपी, लयौ नभन ।

अब देखी, कुनै कस्ट, सक्दिन लिन,
मैले दिय, दु:ख तिमीले, शाहयौ नभन ।

जुन सन्सारमा, भय पनि, काले तिम्रै हो,

सपनी   मा, भेट्न सधैं, आयौ नभन ।।।


तेज बकस मिया
हर्मी १ बयापानी 

गजल



 सुस्त सुस्त बोलेपनी सुन्छ भन्दिनु,
सम्झना ले टोलाउदै रुन्छ भन्दिनु ।

हासो खुसी झारी लयो चैते हुरिले,
एकान्तमा बसी कुरा बुन्छ भन्दिनु ।

साथी सङी वरी परी कुरा गर्दा नि !
काले सधैं तिम्रै कुरा गुन्छ भन्दिनु ।

नसा भित्र डुली हिन्ने कण कणमा,

शरीर भित्र सत्ते तिम्रै खुन्छ भन्दिनु ।


तिम्रो लागि हासी हासी मर्छु भन्छरे!
ज्यानै फाल्न परे पनि हुन्छ भन्दिनु ।

बैरागी दाई ।

गजल

माया भन्ने चिजै यस्तै जातै बैगुनी,
जाने बाटो छेकी दिने रातै बैगुनी ।

कुरा गर्दै गयो फेरी उतै मोडिन्छ,
बोली पनि लजालु छ बातै बैगुनी ।

नबजेनी हुने थियो पात बजाउदा,
तिम्रै धुनमा बजिदिन्छ पातै बैगुनी ।

न भएनी नहुने!रे साथ मायाको ,
संसार नै भुलाउने साथै बैगुनी ।

जिस्क्याउने गिज्याउने बानी परेसी,
सुस्त सुस्त मताउने मातै बैगुनी ।

एक चोटि नहेरेत सुत्नै नसक्नी ,
फोटो माथि चिट्ठीको खातै बैगुनी ।

तेज बकस मिया
हर्मी १ बयापानी

गजल



गरीबी लाई टप्प टिपी फाल्न सक्या छैन ,
फाटेका ति मन मुटु टाल्न सक्या छैन ।

नाना बाला रोइदिन्छन छैन खाना भनी ,
सुख सँग परिवार पाल्न सक्या छैन ।

ढिडो भात त छैन छैन नुन पनि छैन ,
शांझ पख सानो दियो बाल्न सक्या छैन ।

चाड बाड आइ दिन्छ रोइ दिन्छे छोरी ,
बर्सै पिच्छे एक सरो हाल्न सक्या छैन ।

धारा धारा पसिनका हुन्छु अगी बड्न ,
लर्खरिने पाइला मैले चाल्न सक्या छैन ।

काले दाई ।

(कता मिलेन कता )

 

सुख दु:ख जसो तसो यो जिनन्दगी जिएकै छु,
दुखेको मन बिस्तारै बिस्तारै भयपनी सिएकै छु ।


खुशी सबै उसलाई पेवा पिडा जती हात थाप्दै ,

अझै आसुँ सँगालेर बाटो फुकाइ दिएकै छु ।

खातथिय चिट्ठी फोटो रुमाल चिनो तिमीले दिएको,
सुने तिमीले पोल्यौ अरे मैले अझै लिएकै छु ।

चिच्याउदै हिन्छु कहिले तिमीले दिएको घातले गर्दा ,
तेही चोट आज मैले नसा सरि पिएकै छु ।

सुख दु:ख जसो तसो यो जिनन्दगी जिएकै छु,
दुखेको मन बिस्तारै बिस्तारै भएपनी सिएकै छु ।

बैरागी काले दाई
बयापानी  

गजल







हामी बाटै चुनियर नेता बन्छौ तिमी,

त्यसपछी देश पुर्ने खाल्डो खन्छौ तिमी ।

कालापानी जस्ता ठाउँ लयो भारतले,
खुकुरी र बन्दुकले मार्छु भन्छौ तिमी ।

दुई चार महिना चलाऊन नसकेर देश,
बन्चरोले आफ्नै खुट्टा फेरी हान्छौ तिमी ।

दश बर्से आन्दोलनमा सत्ता पाए पनि,
जङल बाट आयौ फेरी जङल जान्छौ तिमी ?

फेरी पनि जङल जाने कुर गर्यौ भने ,
सयौं लियर आयौ होला दश लान्छौ तिमी ।

काले दाई ।


गजल




कता कता मनले मन पराएको जस्तो लाग्छ,
तिमीलेनै मलाई यस्तो गराएको जस्तो लाग्छ ।

कल्पनामा बाटो छेक्न आइदिँदा तिमी मेरो,

सम्झनामा छात्ती तेसै चह्र्याएको जस्तो लाग्छ ।


बोल्न खोज्छु तिम्रो छेउ तर बोल्नै सक्दिन म,
भित्र भित्रै आफु आँफै डराएको जस्तो लाग्छ ।



एक्लै बस्दा छोपी दिन्छ तिम्रो सम्झनाले सधै ,

तिमी सङ्गै कल्पनामा हराएको जस्तो लाग्छ ।

आँफैसँग कुरा गर्दै आफ्नै मनलाई सोध्ने गर्छु ,
तिम्रो सामु मेरो आत्मा कराएको जस्तो लाग्छ ।

'' गजल ''

 


सँग संगै चेपे नदी तरम सोल्टिनी,
तिमी मेरो म तिम्रो भर परम सोल्टिनी ।

हामी दुई एक अर्कामा जोडी बनेसी,
अरु भन्दा थोरै माथि सरम सोल्टिनी ।

यती भन्दै हात माथि हात राखेथेँ,
रातो पिरो मुहार उनको गरम सोल्टिनी ।

तिम्रो पनि मेरो पनि दिल खाली छ,
खाली दिलमा चोखो माँया भरम सोल्टिनी ।

दु:ख सट्नी सुख साट्नी हाँसो रोदन मा,
संगै बाँच्नी सँग संगै मरम सोल्टिनी ।

 बनेसी = बनेपछी ।

''गजल''

 

कसै कसै लाई जिउन रहर छ जिन्दगी,
कसै कसै लाई जिउन कहर छ जिन्दगी ।

कोही भेटिन्छन् हासी हासी जिउनेहरु पनि,
कसै कसै लाई जिउन जहर छ जिन्दगी ।

सुखि लाई रात पनि दिनझै हुँदो रैछ यहाँ,
कसै कसै लाई जिउन प्रहर छ जिन्दगी ।

जिबन देखी हरेस खाइ चाहना लाई मर्नेहारु,
लाई हेर्दा आत्मा हत्या गर्ने ठहर छ जिन्दगी ।

सुख सयलमा रम्न पाउछन भने मान्छेहरु,
पहाडमै बस्ने लाई पनि शहर छ जिन्दगी ।

बैरागी दाई
गोर्खाली



''गजल''


स्वार्थी यो दुनियाँमा नामको कुरा कसले गर्छ ,
लाख छोडि सय पचास् दामको कुरा कसले गर्छ ।

पिरतिको रोगले छुँदो रैछ फेरी दुनियाँ लाई ,
त्यतै भुल्छन सबै सबै कामको कुरा कसले गर्छ ।

माहुरिको पोलो जस्तै माँया पाए पछी यहाँ ,
कमिलाको ताँती जस्तो लामको कुरा कसले गर्छ ।

मन भरिका खुशीहरु लेखिएको चिट्ठी छोडि ,
दुईचार वटा शब्द भएको खामको कुरा कसले गर्छ ।

यही लेककी परी अरे नेपाल आमाकी छोरी पनि,
त्यै सितालाई छोडि छोडि रामको कुरा कसले गर्छ ।

काले दाई ।

गजल




आज उसले एउटा बाचा गर्‍यो भन्दिनु,

बर्खा मासको असिनाझै झर्यो भन्दिनु ।


बाटो सबै उसको लागी बन्दै भयछन,
इस्वारीय जालमा आज पर्‍यो भन्दिनु ।


यै धर्तिमा बाच्ने इच्छा लाछ भन्दाभन्दै,
धर्ती छोडि अन्तै बसाइ सर्यो भन्दिनु ।


छाती भरी मुटु भरी तस्बिर साथमा,
त्यो कालिको चाहना नि टर्यो भन्दिनु ।


अगी सम्म घिटिघिटी सास लिदालिदै,
आउनै लाग्दा तिहार!काले मर्यो भन्दिनु ।


तेज बकस मिया
हर्मी १ बयापानी
गोर्खा ।

गजल


Thursday, December 16, 2010

''गजल''

प्रणयका रातभरी जाडो मन पर्छ ।
खोला खोल्सा कन्दरा र डाँडो मन पर्छ ।।

शिशिरमा पतझर फूलभन्दा पनि ।
मीठो गरी दुखाउने काँडो मन पर्छ ।।

हिउदका दिन छोटा भन्थे बुढापाका ।
आजभोली सूर्य अस्त चाँडो मन पर्छ ।।

भोक कैले नभेटिने जति खाए पनि ।
साग सिस्नु मिसिएको फाँडो मन पर्छ ।।

अमूर्त हुन् संसारका अवयवहरु ।
निष्पिडित आकृतिको भाँडो मन पर्छ ।।

तेज बकस मिया
गोरखा नेपाल

Saturday, December 4, 2010

गजल

गजल


आज मलाई तिम्ले यक्लै पारेर के भो त,
गुलाब जस्तो मायाँ लाई मारेर के भो त ।

तिम्ले जित्यौ मैले हारेँ मायाको त्यो खेल,
मैले तिम्रो मायाँ सँग हारेर के भो त ।

ठाउँ थियो तिम्रो लागि दिल भित्र मेरो,
दु:खाइ गयौ मुटु मेरो चारेर के भो त ।

खुशी देख्न पाउछु भने जता गय पनि,
मेरो माया अन्तै तिर सारेर के भो त ।

बाचा कसम आखिर सबै तोड्नुनै त रैछ,
त्यो बेलामा मलाई सुनझै खारेर के भो त ।

संसार जिते पनि आखिर हार्यौ मायामा

गुलाब जस्तो मायाँ लाई मारेर के भो त ।

तेज 

बयापानी ।

''गजल''



घरमा खाने नुन छैन तिमी जूनको कुरा गर्छौ
पानी ओत्ने छानो छैन पोत्ने चूनको कुरा गर्छौ।

फाटी सके कपडा पनि चल्दैन कि यो वर्षलाई
सिउने सियो छैन यहाँ तिमी सुनको कुरा गर्छौ।

जिन्दगी भर साथ दिने साथी प्रति माया छैन 
छोडी जाने निष्ठुरीलाई सधै उनको कुरा गर्छौ।

रगतको नाता होईन नयाँ साईनो जोड्ने भन्दा
तिमी सधै उही पुरानो मात्र खुनको कुरा गर्छौ।

जतिसुकै जे भने नि आखिर छोडी गयो उसले
तर तिमी सधै त्यही एउटै गुनको कुरा गर्छौ।





सुवाश श्रेष्ट घ्याल्चोक गोरखा 







गरीबी लाई टप्प टिपी फाल्न सक्या छैन ,
फाटेका ति मन मुटु टाल्न सक्या छैन ।


नाना बाला रोइदिन्छन छैन खाना भनी ,
सुख सँग परिवार पाल्न सक्या छैन ।


ढिडो भात त छैन छैन नुन पनि छैन ,
शांझ पख सानो दियो बाल्न सक्या छैन ।


चाड बाड आइ दिन्छ रोइ दिन्छे छोरी ,
बर्सै पिच्छे एक सरो हाल्न सक्या छैन ।


धारा धारा पसिनका हुन्छु अगी बड्न ,
लर्खरिने पाइला मैले चाल्न सक्या छैन ।


तेज बकस मिया
बयापानी । 

गजल



''गजल''

 

प्रणयका रातभरी जाडो मन पर्छ ।
खोला खोल्सा कन्दरा र डाँडो मन पर्छ ।।

शिशिरमा पतझर फूलभन्दा पनि ।
मीठो गरी दुखाउने काँडो मन पर्छ ।।

हिउदका दिन छोटा भन्थे बुढापाका ।
आजभोली सूर्य अस्त चाँडो मन पर्छ ।।

भोक कैले नभेटिने जति खाए पनि ।
साग सिस्नु मिसिएको फाँडो मन पर्छ ।।

अमूर्त हुन् संसारका अवयवहरु ।
निष्पिडित आकृतिको भाँडो मन पर्छ ।।

तेज बकस मिया
गोरखा नेपाल

''गजल''

 

कसै कसै लाई जिउन रहर छ जिन्दगी,
कसै कसै लाई जिउन कहर छ जिन्दगी ।

कोही भेटिन्छन् हासी हासी जिउनेहरु पनि,
कसै कसै लाई जिउन जहर छ जिन्दगी ।

सुखि लाई रात पनि दिनझै हुँदो रैछ यहाँ,
कसै कसै लाई जिउन प्रहर छ जिन्दगी ।

जिबन देखी हरेस खाइ चाहना लाई मर्नेहारु,
लाई हेर्दा आत्मा हत्या गर्ने ठहर छ जिन्दगी ।

सुख सयलमा रम्न पाउछन भने मान्छेहरु,
पहाडमै बस्ने लाई पनि शहर छ जिन्दगी ।

बैरागी दाई
गोर्खाली



''गजल''


स्वार्थी यो दुनियाँमा नामको कुरा कसले गर्छ ,
लाख छोडि सय पचास् दामको कुरा कसले गर्छ ।

पिरतिको रोगले छुँदो रैछ फेरी दुनियाँ लाई ,
त्यतै भुल्छन सबै सबै कामको कुरा कसले गर्छ ।

माहुरिको पोलो जस्तै माँया पाए पछी यहाँ ,
कमिलाको ताँती जस्तो लामको कुरा कसले गर्छ ।

मन भरिका खुशीहरु लेखिएको चिट्ठी छोडि ,
दुईचार वटा शब्द भएको खामको कुरा कसले गर्छ ।

यही लेककी परी अरे नेपाल आमाकी छोरी पनि,
त्यै सितालाई छोडि छोडि रामको कुरा कसले गर्छ ।

काले दाई ।

गजल


सधै आफ्नो साथमा हुने यो संसारमा कुन् छ
दिनमा घाम साथमा थियो रात पर्दा जून् छ।

हाम्रो मिलन विछोड पनि घाम जून जस्तै,
भन्ने जान्दा जान्दै किन आँसु बगाई रुन्छ।

छोडी जानै पर्छ आखिर मन दुखाउनु किन
तिमी साथमा नभएनि माया मनमा हुन्छ।

दुई चार वर्ष दु:ख गरि फर्की आउँछु भन्दा
तिमी भन्छौ दु:ख गरे आफ्नै देशमा सुन् छ।

जन्म्यौ हुर्क्यौ यही माटोमा नाम पनि दियो
भन्छौ तिमीलाई यो देशको कति धेरै गुन् छ।

सुवाश  गोरखा 

बिदेशको यात्रा

 


गजल ब्याङ्य



हामी बाटै चुनियर नेता बन्छौ तिमी,

त्यसपछी देश पुर्ने खाल्डो खन्छौ तिमी ।

कालापानी जस्ता ठाउँ लग्यो भारतले,
खुकुरी र बन्दुकले मार्छु भन्छौ तिमी ।

दुई चार महिना चलाऊन नसकेर देश,
बन्चरोले आफ्नै खुट्टा फेरी हान्छौ तिमी ।

दश बर्से आन्दोलनमा सत्ता पाए पनि,
जङल बाट आयौ फेरी जङल जान्छौ तिमी ?

फेरी पनि जङल जाने कुर गर्यौ भने ,
सयौं लियर आयौ होला दश लान्छौ तिमी ।

काले दाई ।



बिदेशको यात्रा


कार्तिक १९ को दिन
     आज त घर छोड्ने रात, मन भरी कुरा खेलेर बैरागी निदाउनै सकिरहेको थिएन । कता कता बिहानी पख निदाएछ । एकै छिनमा बाबाले बाबु उठ भनेको आवाज उसको कानमा पर्छ । बिउँझीएर कोठाबाट बाहिर निस्कन्छ अनी उसको मनमा बिभिन्न किसिमका कुराहरु मनमा खेल्न्न थल्छन्  । ऊ आँफैमा नरमाइलो मान्दै हात मुख धुन जान्छ । यसपछी उसको आँखाबाट आसुँ बग्न थाल्छन् । ति बुढी आमा आगनिमा रुदै बशेकी हुन्छिन, आमातिर हेर्छ झनै रुन थाल्छ । क् गरोस् गाउमै बसेर पनि बिहान बेलुका हात मुख जोर्नको लागि पनि धौ धौ छ । भलेको डाको सँगै ऊ आफ्नो गन्तब्य तिर लाग्न खोज्छ तर पाइला अगाडि बड्दैनन । परिवार सबै रोइ रहेका हुन्छन ऊ पनि रुदै सबै सँग बिदा भएर आफ्नो बाटो समाउछ ।             
     बाटोमा देख्ने हरु पनि रुदै बाइ बाइ गर्दै हुन्छन किनकी ऊ सबैको प्यारो थियो होला शायद । उसलाई बाटो सम्म छोड्नको लागि धेरै जना आउनुहुन्छ । अनी फर्केर जानुहुन्छ बिच बाटोबाट । ऊ झनै दुखी हुन्छ किनकी उसको बिदेशको यो पहिलो यात्रा थियो । एक रात बाटोमा बास बसेर भोली पल्ट ३ बजे जहाज मा चढि आफ्नो कार्य स्थान तर्फ लाग्छ । रातको १ बजे एअरपोट उत्रन्छ । ऊसलाई लिनको लागि एक जना सेतो भेस लगाएको मान्छे आउछ । अनी भन्छ how are u ? उसले उत्तर दिन्छ । अनी अरु त नजान्दो रहेछ अङ्रेजी बोल्न अनी अरबी बोल्न थाल्छ  अब ऊ अक्क न बक्क हुन्छ केही नबोली गाडीमा राखेर लैजान्छ । एउटा कोठा देखयर ईशाराले यहाँ बस बन्छ ऊ टाउको हल्लाउछ किनकी उसलाई बोल्नै आउँदैन । एउटा कोठा खाट माथि एउटा डसना मात्रै ओड्ने त छैन । यतिकै बस्छ राती एउटा मान्छे आयर तेही कोठामा सुत्छ । भोली पल्ट बिहानइ उठेर काममा जान्छ अनी काम नै जान्दैन अनी गाली गर्न थाल्छ के के भन्छ भन्छ उसले बुज्दैन । यसरीनै एक महिना बिताउछ अनी पैसानै दिदैन कामा गरे बापत । के गरोस् बोल्न जान्दैन जे गरेपनि सहनु पर्ने । जब दुई महिना बित्छ अनी उसलाई तलब दिन्छ नेपालमा भने भन्दा आधा । अनी उसले धेरै दु:ख पाउछ । एकदिन गाडीमा चड्न लाग्दा यात्रु धेरै हुन्छन उसको पैसा ब्याग छोरी हुन्छ अनी उसले धेरै दु:ख पाउछ । कती दिन त उ खाना पनि खान पाउदैन कोही चिनेको हुँदैन आफ्नाले पनि यतिखेर सहयोग गर्दैनन । उ साह्रै दु:खमा पर्छ । धनी भन्ने आशा राखेर बिदेस जान्छ झनै गरीब हुन्छ उ बिदेसमा ।

बैरागी
काले दाई ।



तिम्रो माँया
मुटु भरी चोट पाँए तर पनि भो भनिन,
मत तीम्रो हैन भन्यौ मैले पनि हो भनिन ।
चिन्दिन म भन्यौ अरे मेरो बारे सोध्धा खेरी,
सम्झना छ भन्दे भन्दा बुझीहालेँ को ? भनिन ।

सडकको कुकुरले झै फालेकोनी खाँए आमा,
अरु फाल्थे थोत्रा लुगा मैले तिनै लाँए आमा ।

आफ्नो पेट पाल्नै पर्‍यो धेरै धाँए यता उता,
साथीहरुको सामु गई जोगिको गीत गाँए आमा ।

ब्यथा भने आफ्ना लाई भने पराइ लाई पनि,
एक छाक खान धेरै लामो बाटो पनि धाँए आमा ।

मनले मागे जती मैले खान पाईन कहिलेयै पनि,
धनी बन्ने आशा बोकी झनै दु:ख पाँए आमा ।

ज्यान फाल्न सकियन एक चोटि पाएको जिबन,
दु:ख सास्ती धेरै पाँए फर्की घरै आँए आमा ।

बैरागी दाई ।

गजल ब्याङ्य




हामी बाटै चुनियर नेता बन्छौ तिमी,

त्यसपछी देश पुर्ने खाल्डो खन्छौ तिमी ।

कालापानी जस्ता ठाउँ लग्यो भारतले,
खुकुरी र बन्दुकले मार्छु भन्छौ तिमी ।

दुई चार महिना चलाऊन नसकेर देश,
बन्चरोले आफ्नै खुट्टा फेरी हान्छौ तिमी ।

दश बर्से आन्दोलनमा सत्ता पाए पनि,
जङल बाट आयौ फेरी जङल जान्छौ तिमी ?

फेरी पनि जङल जाने कुर गर्यौ भने ,
सयौं लियर आयौ होला दश लान्छौ तिमी ।

काले दाई ।

Tuesday, January 18, 2011

गजल

भिन्दा भिन्दै हुन दिन्न भन्दै थियौ बाटो,
आँशु पाएँ किन आज हाँसो खुशी साटो ।

गहभरी रेखी बस्छ सम्झी सम्झी बाचा,
हुन्छ सधैं सिरानीमा आँशुको त्यो टाटो ।

बिर्सु भन्छु बल्झिदिन्छ यो मुटुको घाऊ,
दुख्छ सधैं चस्स चस्स जमे पनि खाटो ।

एकपटी दुख्न छोड्छ थोरै भुले भने मैले,
सम्झिहाल्छु फेरी दुख्छ अर्को पट्टी पाटो ।

थाहा छैन भाग्य होकी म आँफै हो दोसी,
हात खुट्टा छन् भाको छु लङ्गडो र लाटो ।

 भाको = भयको

काले दाई